1100×100 Nabil Advert
1180_110px 89th anniversary_Nepal Bank

आइएमई ट्राभल्सले ल्यायो वार्षिकोत्सवको अवसरमा विभिन्न योजना

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ । सेवाग्राहीमुखी योजनाअन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक रात खाने–बस्नेसहितको सुविधा निःशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्ने मध्यबाट १ जनालाई सोहीअनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निःशुल्क उपल्ब्ध गराइने छ । उक्त योजना यही फेब्रुअरी, मार्च र अप्रिलभर लागू हुनेछ । सेवाग्राहीमुखी उक्त योजना सार्वजनिक गर्दै आइएमई ट्राभलले आफ्नो २४औं वार्षिकोत्सव आज लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा मनाएको हो । आइएमई ट्राभलले पर्यटन क्षेत्रको समग्र विकासको लागि सेवाग्राहीमुखी योजनाहरू सार्वजनिक गर्दै आफ्नो २४औं वार्षिकोत्सव मनाएको हो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यवसायीहरुलाई पर्यटन विकासका लागि आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदण्डभित्र रहेर अझ विशेष भूमिका खेल्न आग्रह गरे । नेपालका विभिन्न मनोरम हिमश्रृंखलाहरु लगायत साँस्कृतिक सम्पदाहरुको जगेर्ना गरी विश्वपर्यटन बजारमा आफूलाई स्थापित गर्न व्यवसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्तरुपमा सेवाग्राहीमुखी योजनाल्या उनुपर्ने धारणा व्यक्त गरे । उक्त अवसरमा आइएमई ट्राभल्सले पर्यटन विकासका लागि हालसम्म खेलेको भूमिकालाई मध्यनजर गर्दै पर्यटन विकासका लागि आफ्नो सेवालाई द्रुत गतिमा विस्तार गर्ने जनाएको छ ।
आन्तरिक पर्यटनको प्रवद्र्घन र विकासका लागि विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वको भावनाका साथआगामी बढ्ने कुरा आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए ।

प्रकाशित समय २२:१८ बजे

Nabil 250×250

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु