V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

बैंक अफ काठमाण्डूद्वारा विद्यालयलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । बैंक अफ काठमाण्डूले भक्तपुरको श्री सञ्जय साई विद्या मन्दिरलाई विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न सहयोग स्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ । उक्त सहयोग रकम बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद थापालाई हस्तान्तरण गरेका थिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको हो ।
वैशाख १, २०६८ सालदेखि सञ्चालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत् ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय २२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010