कुमारी बैंकको शाखारहित बैंकिङ सेवा छोम्रोङमा
कुमारी बैंक लिमिटेडले अन्नपूर्ण–११, छोम्रोङ कास्कीबाट शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । तमु ल्होसारको अवसरमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरे । उद्घाटन समारोहमा शाखारहित बैंकिङ सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद राजिव पहारी अन्य अधिकारीहरु तथा स्थानीय बासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरू भव्य सहभागिता रहेको थियो ।
बैंकले कास्की जिल्लामा ३ शाखाहरु पोखरा, लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखारहित बैंकिङ सेवा शुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताए । बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान पिओएस मेशिन पनि जडान गरिसकेको छ । विगत १९ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ११९ शाखा सञ्जाल, ११५ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ ईकाईहरु मार्फत ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु दिंदै आएको छ ।
प्रकाशित समय १८:४२ बजे




















