नयाँ वर्षको अवसरमा सिटी सेन्टरद्वारा विशेष छुटको घोषणा

काठमाडौं । अंगे्रजी नयाँ वर्ष २०२० को आगमनसँगै विभिन्न व्यवसायिक संस्थाहरुले छुटको वहार नै ल्याएका छन् । यससँगै कमलपोखरीमा रहेको व्यवसायिक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ । यस उपलक्ष्यमा सो मलमा रहेका सबैजसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । त्यसैगरी सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।
प्रकाशित समय १८:१० बजे