V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

महासेल महाकुम्भ जुत्ता मेलामा हजारौ नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल

काठमाडौंको भृकुटीमण्डपको गेट छिर्ने वितिकैको सानो चौरमा लागिरहेको जुत्ता चप्पलको विशेष मेला ‘महासेल महाकुम्भ जुत्ता मेला’ उपभोक्ताको भीड बढेको छ । हजारभन्दा बढी नयाँ नयाँ डिजाइनका जुत्ताचप्पलहरु मेलामा पाइने भएकाले उपभोक्ताहरु झुम्मिएका हुन् ।
प्रख्यात नेपाली ब्राण्डका जुत्ता चप्पल फ्याक्ट्री लागतमा नै उपलब्ध गराइएको आयोजकले जानकारी दिएका छन् । ‘बिल्कुलै नयाँ डिजाइनका जुत्ताचप्पल मेलामा फ्याक्ट्री लागतमा नै उपलब्ध गराइरहेका छौं’ मेला आयोजक प्रमोद महतोले जानकारी दिए ।


नेपालका प्रख्यात ब्राण्ड पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज र केटिएम सुजका गुणस्तरीय र स्टाइलिस जुत्ताचप्पल छानी छानी मेलामा किन्न पाइन्छ ।
विवाहका सिजनका लागि लक्षित गरेर पार्टी सुज र जाडोका लागि नयाँ डिजाइनका गुणस्तरीय जुत्ता एउटै छानामुनी उपलब्ध गराइएको आयोजक महतोको भनाई छ ।
मेलामा अपत्यारिलो मूल्यमा गुणस्तरीय जुत्ताचप्पल पाइने हुँदा खरिद गर्ने उपभोक्ताको भीड लाग्न थालेको छ । त्यही भएर आयोजकले आफ्ना उपभोक्तालाई लक्षित गरेर भनेकाछन्–‘भृकुटीमण्डपको गेट छिर्ने वित्तिकै महासेल महाकुम्भ जुत्तामेला लागिरहेको छ, अन्य मेलासँग नझुक्की कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ता किन्न महासेल महाकुम्भ मेलामा नै छिर्नुहोला ।’
स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि महासेल कुम्भमेला राखिएको अर्का आयोजक जीवन श्रेष्ठको भनाई छ । उनले भने–‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ, हामी स्टक क्लेयरेन्स गर्न होइन, मेलामा नै नयाँ नयाँ डिजाइनका जुत्ता पनि लन्च गरिरहेका छौ, जसले गर्दा उपभोत्ताको चाप बढेको छ ।’
एउटै छानामुनी सबै मोडलका जुत्ताचप्पल छानीछानी किन्नका लागि मेला आयोजना गरिएको अर्का आयोजक रामहरी तोलाङ्गको भनाई छ । गुणस्तरीय जुत्ताचप्पल सस्तो मूल्यमा एउटै थलोमा उपलब्ध हुनु नै यो मेलाको आकर्षण पक्ष हो ।


उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनु साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेकाले नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने आयोजकको लक्ष्य हो ।
नेपाली जुत्ताचप्पल प्रयोग गरौ, स्वदेशी उत्पादनमा गर्व गरौ भन्ने नाराका साथ मेला आयोजना गरिएको हो । नेपाली उपभोक्तालाई स्वदेशी उत्पादनका जुत्ताचप्पल लगाउने वानी बसाल्न तथा नेपालमा नै गुणस्तरीय जुत्ता उत्पादन हुन्छन् भनेर चिनाउन मेला आयोजना गरिएको हो ।
नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।

प्रकाशित समय १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010