1180_110px 89th anniversary_Nepal Bank
850×150-NIMB

नेपालीको शीर थप उचाईमा पु-याउँदै श्रेष्ठ

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व पे्रस काउन्सिलको महासचिवजस्तो गरिमामय पदमा सर्वसम्मतले निर्वाचित भई नेपालको शीरलाई थप उचाईमा पु-याउन सफल भएका छन् । भर्खरै अजरबैजानमा सम्पन्न विश्व प्रेस काउन्सिलको सम्मेलनबाट महासचिवजस्तो गरिमामय पदमा सर्वसम्मतरुपमा चयन हुनु आफैंमा गौरवको कुरा भएको पे्रस काउन्सिल नेपालका सदस्य गोविन्दप्रसाद चौलागाईले बताए ।
विश्व पे्रस काउन्सिलमा प्रो.डा.सुले अकर साइप्रसबाट अध्यक्ष निर्वाचित भएका छन् भने उपाध्यक्षमा अजरबैजानका संसद् सदस्य अफ्लातुन अमासोभ, महासचिवमा नेपालबाट किशोर श्रेष्ठ, कोषाध्यक्षमा टर्कीबाट डक्टर तामेर अताबारुत निर्वाचित भएका छन् ।
उक्त सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार लगायत देशका प्रेस काउन्सीलको प्रतिनिधित्व थियो । श्रेष्ठले उल्लेख गरेका छन्– ‘यो विजय व्यक्तिगतरुपमा मेरोमात्र होइन, समग्रमा नेपालको सामूहिक जित हो ।’
पे्रस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष श्रेष्ठ महासचिवमा निर्वाचित भएपछि खुशी व्यक्त गर्दै पे्रस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले सामाजिक सञ्जालमार्फत् भनेका छन्– ‘पे्रस काउन्सिल नेपाल र यसको नेतृत्व गरिरहनुभएका कार्यवाहक अध्यक्षमा यो जिम्मेवारी प्राप्त हुनु नेपालकै गर्वको विषय हो । सबैलाई बधाई एवं सफलताको शुभकामना ।’

प्रकाशित समय २१:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु