V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरेर सामान खरिद गर्दा कुनै शुल्क नलाग्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले विभिन्न अनलाईनमार्फत सामानहरु खरिद गर्दा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोग गरेर सामान वा सेवा खरीद गर्दा अब कुनै पनि शुल्क नलाग्ने सुविधा ल्याएको छ । अनलाईन शपिङ्गमा ग्राहकहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै बैंकले उक्त सुविधा ल्याएको हो । ग्राहकहरुले बैंकको भिसा कार्ड प्रयोग गरी दराज, किराना पसल, इ–सेवा पसल लगायतका अन्य थुपै अनलाईनहरु मार्फत सपिङ्ग गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । यसैगरी बैंकको अन्तर्राष्ट्रिय भिसा कार्ड प्रयोग गरी होटल बुकिङ्ग गर्दा समेत शुल्क लाग्नेछैन ।
बैंकका कार्ड प्रयोगकर्ताहरुलाई आफ्नो कार्डमा यो सुविधा थप्न नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न बैंकले आव्हानसमेत गरेको छ । यससम्बन्धी थप जानकारी बैंकको वेबसाइटमा समेत उपलब्ध रहेको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १३६ वटा शाखाहरु, १२१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानबाट ग्राहकहरुहरुमा सम्पूर्णबैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै बैंकको देशभर १५९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रकाशित समय ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010