V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

कामना सेवा विकास बैंक र इष्टर्न एजेन्सीजबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज प्रालि बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार इष्टर्न एजेन्सीज प्रालिमार्फत् सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरु बाट सहज र छरितो रुपमा आइसरका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इष्टर्न एजेन्सीजका तर्फबाट प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले हस्ताक्षर गरेका थिए ।
बैंकले हाल देशभर ९८ वटा शाखा तथा ४५ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदानगर्दै आएको छ । बैंकले एबीबीएस, एसएमएस बैकिङ, मोबाइल बैकिङ, सी–आश्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित समय २२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010