सिटी एक्सप्रेस कनेक्टआईपिएसमा आबद्घ

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर कनेक्टआइपीएसमा आबद्ध भएको छ । सिटी एक्सपे्रस र नेपाल क्लियरिङ्ग हाउसबीच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा शुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्टआईपिएसमार्पmत ८० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट हुनेछ । सो सेवाअन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु कनेक्टआइपीएस इ–पेमेन्टमार्फत रियल टाइम र एनसीएसएल–आइपीएसमार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ । यस अनुरुप अब बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने विश्वास गरिएको छ । उक्त सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७ हजारभन्दा बढी नेपालका एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । सिटी एक्सपे्रसले पछिल्ला वर्षहरुमा आक्रामकरुपले व्यापारिक गतिविधिलाई समेत तीव्रता दिंदै आइरहेको छ ।
प्रकाशित समय २२:५९ बजे