1100×100 Nabil Advert

मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैकास्योरेन्स सम्झौता

हलोदेखि हाइड्रोसम्मको नारा लिएर सञ्चालित मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआईसि नेपाल) बीच बैकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैङ्क तथा इन्स्योरेन्स बीच आयोजित एक कार्यक्रमका बीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैकका कार्यकारी नायव प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस.के. तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सेवासम्वन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित समय १०:०२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु