अविनाशको म्युजिक भिडियो ‘जुनि जुनि सम्म’को तयारी

काठमाडौं । मलेशियामा रहेका अविनाश लोप्चन साँगितिक कोसेली लोक गीत तामाङसेलो सार्वजनिक गरे लगत्तै नयाँ एल्वमको तयारीमा लागेका छन् । लोप्चनले एल्वमका लागि एउटा गीत ‘जुनि जुनि सम्म’को छायांकन सम्पन्न भएको छ । यस गीतमा प्रकाश लामा र खुसिकाको अभियान रहेको छ । यस गीतमा अविनाश लोप्चन र खुशी गिरीको स्वर र सानुमाया तामाङको शब्द रहेको छ । एकान्त महर्जनले निर्देशन गरेको यस म्युजिक भिडियोमा लक्षु मल्लको संगीत रहेको छ । गायक अविनाश लोप्चनका दाई मानबहादुर लोप्चन भन्छन्– ‘सानैदेखि गीत संगीतमा लगाव राख्ने मेरो भाई विदेशमा रहेको भए पनि देशको कला–संस्कृति झल्कने गीत गाइरहेको छ ।’ उनी भन्छन्– ‘देशको माया मेरो भाइले भुलेको छैन । त्यसैले देशका हरेक ठाउँका नेपालीले भाइको गीत मन पराइदिने छन् ।’ गायक अविनाश लोप्चनलाई दाइ मानबहादुर लोप्चन, भाइ भीमबहादुर लोप्चन र मनोज कार्कीको साथ र सहयोग रहेको छ । कला र संस्कृतिको उत्थानमा लागेका अविनाशलाई सबै नेपालीको साथ रहने आशा गर्दछन् दाइ मानबहादुर लोप्चन ।
प्रकाशित समय २२:०९ बजे