V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

मेगा बैंकले शुरु गर्यो सुनसरीको गढी गाउँपालिकामा शाखारहित बैंकिङ सेवा

काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा दिएर स्थापित मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । गढी गाउँपालिका–३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले मेगा बैंकको शाखारहित बैंकिङ सेवाको संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटनमा गाउँपालिकाका अध्यक्ष यादबले अब आफ्नो गाउँपालिकाका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न सजिलो हुने भन्दै खुसी व्यक्त गरे । नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक झाले ग्रामीण तथा दुर्गम भेगहरुमा सेवा विस्तार गरेकोमा मेगा बैंकलाई धन्यवाद दिए ।
मेगा बैकका बिराटनगर शाखा प्रबन्धक अभिषेक कार्कीले मेगा बैंकको सरल कर्जा लिएर ग्रामीण भेगका धेरै साना तथा मझौला व्यवसायीहरु लाभान्वित भएको बताए । शाखा प्रबन्धक कार्कीले स–साना बचतका लागि टाढा बैंकमा गई लाइन बसेर जम्मा गर्न अप्ठेरो हुने भएकाले मेगा बैंकले शाखारहित सेवामार्फत् नै अत्याधुनिक सेवा प्रदान गरिरहेको जानकारी पनि दिए । नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै बैंकहरुले विभिन्न स्थानीय तहहरुमा धमाधम शाखा खोल्ने तथा शाखारहित बैंकिङ सेवा प्रदान गर्ने कामलाई निरन्तरता दिइरहेका छन् ।

प्रकाशित समय २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010