1100×100 Nabil Advert

बाली प्रवर्द्धन गर्न जुम्लामा कृषि कचहरी

जुम्ला । स्थानीय बाली विकासका निम्ति जुम्लामा बुधबार कृषि कचहरी भएको छ । सदरमुकाम खलङ्गा बजारमा भएको बृहत् कृषि कचहरी गैरसरकारी संस्था कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक)ले आयोजना गरेको हो ।

किर्डाकका कार्यकारी निर्देशक गोविन्द शाहीले भन्नुभयो, “कृषिका विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहमा के कस्ता नीति बनेका छन् यसको कसरी कार्यन्वयन भएको छ । आगामी दिनमा के कस्तो नीति बनाउनुपर्छ भन्ने विषयमा कचहरीमा बृहत् छलफल भएको छ ।” सबै तहका सरकारका लागि कृषिसम्बन्धी नीति निर्माणमा कचहरीबाट योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कर्णालीको कृषिका निम्ति पर्याप्त बटेज विनियोजना गर्दै दीर्घकालीन कृषि योजना सार्वजनिक गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।
निःशुल्क आँखा शिविर यसैबीच, खलङ्गामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सय ३९ जना लाभान्वित भएका छन् ।

नेपाल नेत्र ज्योति सङ्घ र चन्दननाथ आँखा अस्पताल जुम्लाले आयोजना गरेको शिविरमा स्थानीयवासीले नेत्र परीषण गराएका थिए । हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ जुम्लाका अनुसार शिविरमा सात सय ३९ जनाको परीषण गरिएकामा एक सय २७ जनाको शल्यक्रिया गरिएको थियो । बुधबार सम्पन्न भएको तीनदिने शिविर डा कृष्णा गुरुङ र राजेश शर्माको अगुवाइमा सञ्चालन भएको थियो ।

प्रकाशित समय ११:४० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु