1100×100 Nabil Advert

रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालद्वारा पुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालले पुष्टि गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा.विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी रिजाललाई भाइरल निमोनिया रहेको जानकारी दिएका छन् ।

रिजाल भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएको डाक्टर बिजुक्छेद्वारा विज्ञप्तिमा उल्लेख छ ।
शुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर देखिएको चिकित्सकको भनाई छ । काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान निधन भएको थियो ।

प्रकाशित समय १२:५४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु