1100×100 Nabil Advert

जिम्मेवारी लिएपछि अन्तीमसम्म देश र जनताको लागि काम गर्नुपर्छ : निवर्तमान मन्त्री मोदी

काठमाडौं । निवर्तमान संघीय मामीला तथा प्रशासन मन्त्री अमनलाल मोदीले पद र प्रतिष्ठा सधैं नहरने भन्दै पाएको जिम्मेवारी पुरा गर्नु महत्वपूर्ण कुरा भएको बताएका छन् । सोमबार मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा उनले पद, प्रतिष्ठा सँधैभरी नरहने भएकाले जिम्मेवारी लिएपछि अन्तीमसम्म देश र जनताको लागि काम गर्नुपर्ने बताए ।

उनले भने,‘ सबैले आफ्नो काम राम्रसँग गर्नुहोस् । यो पद प्रतिष्ठा सँधैभरी रहँदैन् । आज म बिदाई भए अर्को दिन अर्को मन्त्री । यो निरन्तर चल्छ मन दुखाउँन पनि हुँदैन । तर जिम्मेवारी लिएपछि अन्तीमसम्म देश र जनताको लागि एकदम काम गर्नुपर्छ ।’

सामान्य परिवारबाट आएर आफूले मन्त्रीको रुपमा छोटै समय भएपनि जनताको लागि सेवा गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे । ‘जिम्मेवारीको अवसर एउटा सामान्य परिवारको मान्छे यसरी मन्त्रीको रुपमा आँए यो अवसर दिनुभयो । त्यसमा सिक्ने मैका पाए । विभिन्न देशबाट पनि जो सहयोग गर्नुभयो यसको लागि धन्यवाद ।’

 

प्रकाशित समय १२:१९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु