V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सहयोग गर्न तयार छौं : चिनियाँ राजदूत सोङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा राजदूत सोङ र उपाध्यक्ष डा. श्रेष्ठबीच शिष्टाचार भेटवार्ता भएको हो । आगामी जुलाई ९ देखि १० सम्म बेइजिङमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सीको आयोजनामा ‘फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट’ को पहिलो उच्चस्तरीय बैठक हुँदैछ । भेटका क्रममा चिनियाँ राजदूत सोङले उपाध्यक्ष श्रेष्ठसँग उक्त बैठकमा नेपालको सहभागिताका सन्दर्भमा समेत चासो राखेका थिए ।

राष्ट्रिय योजना आयोग अहिले १६ औं योजनाको तयारीमा जुटिरहेको छ । १६औं योजनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको समेत राजदूत सोङले बताएका छन् । उपाध्यक्ष श्रेष्ठले पनि छिमेकी मुलुकका हिसाबले चीन–नेपाल सम्बन्ध सुमधुर रहेको बताए । चीनले नेपालका लागि गरिरहेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले धन्यवाद समेत दिए ।

प्रकाशित समय १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010