साझा जनप्रतिनिधिको रुपमा कार्य सम्पादन गर्छु : सांसद ढकाल

काठमाडौ । प्रतिनिधि सभाको निर्बाचन २०७९ मा समानुपातिक निर्वाचन प्रणाली मार्फत प्रतिनिधि सभाका सदस्यमा निर्वाचित भई पद तथा गोपनियताको शपथ लिएका सांसद एकनाथ ढकालले सम्पूर्ण मतदाता, नेकपा एमाले, नेपाल परिवार दल र शुभेच्छुक सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सबैप्रति आभार व्यक्त गर्दै सांसद ढकालले देशको कानून निर्माण गर्ने जस्तो गरिमामय सांसद पदको जिम्मेवारी दिएकोमा संसद्मा जनताको आवाज बोल्ने बताए । नेपाल परिवार दलले विगत पाँच वर्षदेखि निरन्तर नेकपा एमालेसँगको सहकार्य गर्दै आएको हो र आगामी दिनहरुमा पनि राष्ट्रिय आवश्यकताअनुसार हाम्रो सहकार्यले निरन्तरता पाउने सांसद ढकालको भनाई छ ।
सांसद ढकालले संसद्को यस कार्यकाल नेकपा एमालेको संसदीय दलको एक जिम्मेवार सदस्य भएर आफ्नो भूमिका निर्वाह गर्ने बताउँदै राष्ट्रियताको संरक्षण, शुशासन, समृद्धि, नेपालीको एकता, असल मूल्य–मान्यताको जगेर्ना, सुसंस्कृत समाज निर्माण र नेपालको हित केन्द्रित सन्तुलित बैदेशिक सम्बन्धको लागि पहलकदमी लिने ढकालको भनाई छ ।
सासद ढकालले तेश्रो कार्यकालमा मुलभूतरुपमा जनसरोकारका अत्यन्त जरुरी सवालहरुको सम्बोधनलाई प्राथमिकता दिने बताउँदै ढकालले सम्पूर्ण नेपालीको साझा जनप्रतिनिधिको रुपमा कार्य सम्पादन गर्न सबैको सहयोग र सल्लाहको अपेक्षा समेत गरेका छन् ।
प्रकाशित समय १४:३० बजे