Health_Web_Ad

दश वर्षभित्र २२ लाख नयाँ रोजगारी सिर्जना गरिन्छ : ढकाल



वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दश वर्षभित्र २२ लाख नयाँ रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको बताउनुभएको छ । उहाँले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मुलुकमा छोटो समयमै समृद्धि हासिल हुनेसमेत बताउनु भएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण समारोहलाई वीरगञ्जमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले तीनवटै तहका सरकारले निजी क्षेत्रसँग सघनरूपमा सहकार्य गर्नु आवश्यक रहेको धारणा राख्नुभयो । ढकालले प्रदेश २ मा लगानीको अवसर पनि भएको र वातावरण पनि बन्दै गएको उल्लेख गर्दै यसमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न प्रदेश–२ सरकार र वीरगञ्ज उपमहानगरपालिकालाई आग्रह गर्नुभयो ।
वीरगञ्जलगायत कतिपय स्थानीय तहका जनप्रतिनिधिको पृष्ठभूमि उद्योग व्यवसाय नै रहेको स्मरण गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका समस्या बुझ्नसक्ने राजनीतिक नेतृत्व नै सफल हुने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघले भिजन पेपर २०३० ल्याउन लागेको र त्यसमा आउँदो १० वर्षभित्र २२ लाख नयाँ रोजगारी सिर्जना गर्दै अर्थतन्त्रको आकार १ सय खर्ब पुर्‍याउने लक्ष्य राखिएको जानकारी दिंदै यसको कार्यान्वयनका लागि वीरगञ्ज उद्योग वाणिज्य संघजस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । व्यावसायिक मुद्दामा वीरगञ्ज उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको उहाँले बताउनुभयो ।

प्रकाशित समय २१:१९ बजे

nlic_281px150pxl_1.gif

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु