1100×100 Nabil Advert
1180_110px 89th anniversary_Nepal Bank

चन्द्रागिरि हिल्सले पायो पहुँचयुक्ततातर्फको इनोभेटिभ अवार्ड

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँचयुक्ततातर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । आज एक विशेष कार्यक्रमका बीच महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई प्रदान गरे । काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको छ । पहुँचयुक्तता प्रवद्र्धन गर्ने ¥याम्प, पदमार्ग, शौचालय, विद्युतीय गाडी तथा व्हीलचियरलगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरेवापत चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको आयोजक संस्था राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघले पहिलोपटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्स लिमिटेड लगायत अन्य तीन संघ–संस्था सम्मानित भएका छन् । सम्मान कार्यक्रममा मन्त्री थममाया थापाले अपाङ्गमैत्री संरचना निर्माणमा चन्द्रागिरि एउटा नमूना परियोजना भएको बताइन् । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा निर्माणाधीन रिसोर्टमा समेत अपाङ्गमैत्री संरचना निर्माण गरिएको जानकारी दिंदै यसबाट फरक क्षमता भएका व्यक्तिका लागि समेत चन्द्रागिरि मुख्य गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ । राजधानीभित्रै रहेको अत्यन्तै रमणीय पर्यटकीय स्थल चन्द्रागिरि हिल्समा उपत्यकाबाहिरबाट आउने जो–सुकै व्यक्तिलाई पनि सहजरुपमा घुमघाम गरेर उपत्यकालगायत अन्य विभिन्न जिल्लाहरुको मनमोहक दृश्यलाई सहजरुपमा अवलोकन गर्न मद्दत पुगिरहेको छ ।

प्रकाशित समय १९:५९ बजे

Nabil 250×250

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु