सन्दिप बने एनसेलको ‘स्टार हम्बल हिरो’

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले सन्दिप लामिछानेलाई ‘स्टार हम्बल हिरो’मा आबद्ध गरेको छ । नेपाललाई राष्ट्रि«य तथा अन्तर्राष्ट्रि«यस्तरमा चिनाएका क्रिकेटर सन्दिप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मादुई बर्षका लागि आबद्ध गरेको हो । ‘स्टार हम्बल हिरो’ कार्यक्रम एनसेलले आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्ना वरिपरिका सबैलाई उत्प्रेरित गरिरहेका, आफूलाई उत्कृष्ट बनाउन तथा आफ्नो समुदाय र देशलाई गर्वान्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मान गर्दै रचनात्मक योगदान पु¥याउने उद्देश्य लिई तयार पारेको हो । यो पहल एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ अनुरुप तयार गरेको जनाएको छ । यसमा कम्पनीले निस्वार्थ भावनाका साथ दैनिकरुपमा देश र जनताका लागि अद्भूत कार्यहरु गर्दै नेपाललाई गौरवशाली राष्ट्र बनाउन योगदान पु¥याउने प्रेरणादायी तथा प्रतिभाशाली व्यक्तित्वहरुलाई आबद्ध गर्दै जाने छ ।
एनसेलले आफ्नो स्टार हम्बल हिरो अभियानको घोषणा हालै एक कार्यक्रममाझ गरेको हो । कार्यक्रम सिफलस्थित बालमन्दिरको बाल संरक्षण गृहको परिसरमा भएको थियो । त्यहाँ सन्दिपले बालमन्दिरका बालबालिकाहरुलाई सम्बोधन गर्दै उनीहरुसँग कुराकानी गर्दै उनीहरुलाई हौस्याएका थिए । बालबालिकाहरुले सन्दिपसँग क्रिकेट खेल्दै रमाइलो गरेका थिए । ‘देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदान गर्न एनसेलले शुरु गरेको यो पहल वास्तवमै सराहनीय छ । यसले हामी सबैलाई आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै समाजमा केहि गर्ने उर्जा प्रदानगर्ने विश्वास छ’ सन्दिपले भने । ‘नेपाली क्रिकेटका चम्किला तारा सन्दिपलाई स्टार हम्बल हिरोको रुपमा घोषणा गर्न पाएकोमा हामी निकै हर्षित छौं । उनको उर्जा तथा मनोभाव हाम्रो सृजनशील र सफलता अभिमुख संस्कृतिको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यसित मेल खान्छ’ एनसेलका प्रमुख कमर्शियल अधिकृत एण्डी चोङ्ले भने ।
प्रकाशित समय २०:४२ बजे