1100×100 Nabil Advert
1180_110px 89th anniversary_Nepal Bank

जनता बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

विश्व बजारमा प्रविधिले मारेको फड्कोसँगै नेपालका बैंक, वित्तीय कारोबार गर्ने संस्थाहरुले सूचना प्रविधिको भरपुर उपयोग गर्न थालेका छन् । सूचना प्रविधिको महत्वलाई आत्मसात गर्दै सहज र सुलभ रुपमा आमनागरिकसम्म सजिलै बैकिङ्ग पहुच पुरयाउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अनलाइनबाटै खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ । जनता बैंकको बेभ साइट www.janatabank.com.np  मा लग अन गरी स्वदेश तथा विदेशको कुनै पनि स्थानबाट जनता बैंकको देशभरी रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने जनाइएको छ । यो सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवा प्राप्त गर्नसक्ने विश्वास लिएको बैंकले जनाएको छ । यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागिमात्र प्रयोग गर्न सकिने छ । अनलाइनबाट खाता खोले पश्चात ग्राहकको खाता नं. र आवश्यक जानकारी व्यक्तिगत इमेलमा पठाइने छ । यस विधिबाट खोलिएको खातामा प्रचलित कानूनबमोजिम तुरुन्तै कारोवार सञ्चालन गर्न सकिने छ भने चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एकपटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नुपर्ने पनि बैंकले जनाएको छ । यस्तो सेवा बैंकहरुलाई एकपछि अर्को गर्दैै धमाधम प्रतिस्पर्धात्मक ढंगले सुचारु गर्न थालेका छन् । जसबाट सर्वसाधारणलाई बैकिङ पहुँच अझ सहज हुने भएको छ ।

प्रकाशित समय १७:२६ बजे

Nabil 250×250

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु