एनसीसी बैंक र प्रुडेन्सियलबीच बैंंकास्योरेन्स सम्झौता

पछिल्लो समयमा बैंक तथा विभिन्न इन्स्यारेन्स कम्पनीहरुबीच बैंकास्योरेन्स सम्झौता क्रम बढेसँगै नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिके महर्जनले हस्ताक्षर गरेको छन् ।
प्रकाशित समय २०:३६ बजे