मौद्रिक नीतिमा के के गरियो व्यवस्था ? (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिंदै सार्वजनिक गरेको छ । आज गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै मुद्रास्फीतिको लक्ष्यलाई ५.५ प्रतिशत सीमाभित्र राख्ने, निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार र १४ प्रतिशतको विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण गरिएको छ ।
व्यवसायको आकार र प्रकृति अनुसार बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गरी ‘विशिष्टीकृत बैंकिङ’ को अवधारणामा अघि बढ्ने साथै बैंकका शाखाहरू खोल्ने वा बन्द गर्ने प्रक्रियालाई लचिलो बनाइने उल्लेख छ । त्यसैगरी वित्तीय सेवालाई डिजिटलाइजेसन गर्दै बैंकहरूको सञ्चालन खर्च कटौती गर्न प्रोत्साहन गर्ने गभर्नर पौडेलले उल्लेख गरेका छन् । यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ :
प्रकाशित समय १७:२६ बजे





















