1100×100 Nabil Advert

हिमालयन बैंकले ल्यायो आरएमवि कार्ड सेवा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले युनियन पे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो ।

 

सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटिएम, पिओएस, क्यूआर कोड एवं इकमर्श प्लेटफर्म मार्फत हुने कारोबारको चिनियाँ मुद्रा सीएनवाईमा नै सहज भुक्तानी गर्न सक्ने हुँदा बजारमा उपलब्ध अन्य उपकरणहरुको तुलनामा मितव्ययी एवं सर्व स्वीकार्य हुने व्यहोरा बैंकले जनाकारी गराएको छ ।

 

व्यक्तिगत तथा संस्थागत भ्रमण गर्नुहुने विद्यार्थी, व्यवसायी एवं पर्यटक जो कोहीले नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभाग द्वारा स्वीकृत सीमा सम्मको रकम युनियन पे आरएमबी कार्डमा लोड गरी युनियन पेको सञ्जालसँग आवद्ध अलिपेप्लस, विच्याट पे, निहाओ चाइनाजस्ता क्यूआर एवं अन्य माध्यम मार्फत समेत सीएनवाईमा नै भुक्तानी गर्न सक्नुहुने छ ।

 

काठमाडौंको नक्साल स्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणा तथा युनियन पे इन्टरनेशनलका तर्फबाट उपाध्यक्ष सुश्री ज्वाङ बेइले नेपालमा प्रथम पटक उक्त कार्डसेवाको शुभारम्भ गर्नुभयो ।

प्रकाशित समय १५:३९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु