नेपाल एसबिआई बैंकद्वारा गरिब तथा विपन्न वर्गका विद्यार्थीहरु सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकद्वारा मधेश प्रदेशमा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बारा जिल्लाको जीतपुरसिमरा स्थित श्री आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवन स्थित श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको राजगढ र राजविराजस्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेना तथा श्री बौद्धिक अपाङ्गता विद्यालय र रौतहट जिल्लाको चन्द्रपुरस्थित श्री दलित जनजागरण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग पुर्याउने उद्देश्यले ह्वाइट बोर्ड, कुर्सी, स्टिल दराज, अफिस टेबुल, विद्यालय पोशाक, स्कुल ब्याग र अन्य शैक्षिक तथा खेलकूद सामग्रीहरु प्रदान गरेको छ ।
यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ । यस कार्यक्रमबाट गरिब तथा विपन्न वर्गका ८ सयभन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । बैंकले समुदाय स्तरमा यस किसिमका गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
प्रकाशित समय १९:२१ बजे




















