1100×100 Nabil Advert

नेपाल बैंकर्स संघद्वारा ऊर्जा दक्षता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट को-अपरेशन (जीआइजेट) सँगको सहकार्यमा ‘आरइइइपी-ग्रिन’ परियोजनाअन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमसम्पन्न गरेको छ ।

 

कार्यशालामा ऊर्जा दक्षता प्रवर्द्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरकोबारे छलफल भएको थियो । बैंकहरुको ऊर्जा दक्षतामा भएको लगानीमार्फत उद्योगहरूलाई ऊर्जा खपत तथा सञ्चालन लागतमा कमी गर्न सहयोग पुग्ने र यसले नेपालको दीगो आर्थिक विकासलाई सहयोग पुग्नुका साथै यसबाट नेपाललाई प्रतिस्पर्धी औद्योगिक अर्थतन्त्रतर्फ उन्मुख गराउन सकिने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

 

कार्यक्रम काठमाडौं, बुटवल, भैरहवा, पोखरा, बिराटनगर, वीरगञ्ज, चितवन र नेपालगन्ज लगायत प्रमुख औद्योगिक क्षेत्रहरूमा गरिएको थियो । उक्त कार्यक्रममा ८ वटा बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक गरी २०० भन्दा बढी बैंकका अधिकारीहरूको सहभागिता रहेको थियो । समापन कार्यक्रम काठमाडौंमा बैंकका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति सहित सम्पन्न गरियो । दिगो तथा हरित वित्तीय अभ्यासलाई बैंकिङ क्षेत्रमा अझ मजबुत बनाउँदै लैजानुका साथै यसलाई मूलधारमा ल्याउन विभिन्न सरोकारवालासँग सहकार्य गर्दै जाने विषयमा प्रतिवद्ध रहेको नेपाल बैंकर्स संघले उल्लेख गरेको छ ।

प्रकाशित समय १९:२६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु