1100×100 Nabil Advert

स्याकार ट्रेडिङ्गद्वारा ‘होन्डा अल न्यु सीआर-भी’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर-भी’ को बिक्री वितरण औपचारिकरुपमा शुरु गरेको छ । यो नयाँ एसयूभीमा अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सहरूको उत्कृष्ट संयोजन गरिएको छ । यसमा शक्तिशाली १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ ।

 

गाडीको इन्टेरियर र सुविधाहरूमा विशेष ध्यान दिइएको छ, जसमा वेलकम सिट, फुल एलइडी लाइट, र पानोरामिक सनरुफ समावेश छन् । साथै, चालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै यसमा प्लाज्मा क्लस्टर प्रविधि प्रयोग गरिएको छ । यसमा १० थान एयर व्याग भएकाले यात्रालाई थप सुरक्षित बनाउँछ । यस गाडीमा २१० एम् एम् ग्राउण्ड क्लिअरेन्स रहेको छ, जसले गर्दा कच्चि बाटोमा पनि यो एउटा राम्रो विकल्प हुन सक्छ । यसमा १०.२ इन्चको टिएफटी टच डिस्प्ले, चालकको सहजताका लागि ड्राइभर मेमोरी सिट र उत्कृष्ट साउन्ड अनुभवका लागि १२ वटा बोस प्रिमियम स्पिकर्स जस्ता ‘प्रिमियम फिचर्स’ हरू रहेका छन् ।

 

सुरक्षाको हिसाबले पनि यो गाडी अब्बल छ । यसमा अडास लेभल २ जडान गरिएको छ र जसले यात्रालाई सुरक्षित बनाउँछ । यो गाडी ७ सिटर क्षमतामा उपलब्ध भएकाले ठूलो परिवारका लागि समेत उपयुक्त हुनेछ । यसको शक्तिशाली इन्जिन, सस्पेन्सन र डिजाइनलाई हेर्दा नेपालको बाटोमा ‘पर्फेक्ट राइड’को लागि यो गाडी एक उत्कृष्ट विकल्प हुन सक्छ ।

 

कम्पनीका अनुसार ग्राहकहरूका लागि विश्वस्तरीय प्रविधि र सुविधायुक्त गाडीहरू भित्र्याउन कम्पनी सधैं प्रतिबद्ध छ । ‘होन्डा अल न्यु सीआर-भी’ ले नेपालको एसयूभी सेग्मेन्टमा लक्जरी र पर्फर्मेन्सको नयाँ उदाहरण बन्नेछ भन्नेमा कम्पनी पूर्णरुपमा विश्वस्त छ । यो गाडीले नेपाली ग्राहकहरूको यात्राको अनुभवलाई अझै विशेष बनाउनेछ ।

 

कम्पनीका अनुसार ‘होन्डा अल न्यु सीआर-भी’ चार आकर्षक रङहरू कालो, सेतो, निलो र सिल्भरमा उपलब्ध हुनेछन् । यो प्रिमियम गाडीको अनुभव लिन र ‘टेस्ट राइड’ गर्न चाहने ग्राहकहरूले ललितपुरको धोबिघाटस्थित होन्डाको आधिकारिक शोरुममा सम्पर्क गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित समय १८:५० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु