1100×100 Nabil Advert

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई बुटबलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारमा छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकरुलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले बुटबलमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

 

यस बैंकका ग्राहक महानुभावहरुले उक्त हस्पिटलमा एडमिशन चार्ज, ओटी चार्ज, ल्याब चार्ज, मेडिसिन र फार्मेसीजस्ता सेवा लिंदा उक्त छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।

 

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय २१:०२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु