1100×100 Nabil Advert

सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली ललितपुर, २७ असारः प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार महिला उद्यमी महासङ्घद्वारा ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलनलाई सम्बोधन गर्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताउनुभएको छ । महिला उद्यमी महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै उहाँले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभएको हो ।

 

प्रधानमन्त्री ओलीले भन्नुभयो,“हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ । सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ । यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने विश्वास लिएको छु ।”

 

उहाँले महिलाको सशक्तिकरणका लागि संविधानमा भएको व्यवस्था व्यवहारमा अवलम्बन गर्दै आइएको उल्लेख गर्नुभयो । “तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौँ । विद्यालयमा छात्राहरूको सङ्ख्या छात्रहरूको भन्दा बढी छ । नतिजामा पनि छात्राहरूको उपस्थिति राम्रो हुँदै गएको छ । हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ”, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रकाशित समय १४:२७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु