एससीटी-युपिआइ कार्डमार्फत भुक्तानी गर्दा शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एण्ड वेलनेस् सेन्टरमा विशेष छुट
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज र बिगत २ वर्ष देखि आफ्नो सेवाग्राहीहरूको स्वास्थ्यलाई आफ्नो प्रथम प्राथमिकता दिदै आएको शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एण्ड वेलनेस् सेन्टरबीच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।
एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्ड मार्पmत भुक्तानी गर्नु पर्छ । ग्राहकहरूले त्यसरी पीओएस मार्पmत भुक्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २० प्रतिशत छुट, इन हाउस स्पेसियलाइजेसन् टेस्टहरूमा १५ प्रतिशत छुट, आउट सोर्स टेस्टहरूमा ५ प्रतिशत छुट, र एक्सरे, यु एस् जी, इ सी जी र इको गर्दा १० प्रतिशत छुट पाउनु हुनेछ । यसका साथै एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई काठमाडौं उपत्यका भित्र घरमै बसी बसी हुने चिकित्सक परामर्श सेवामा ५ प्रतिशत छुट, नर्सिङ्ग केयर सेवामा ५ प्रतिशत छुट, र नेपाल अधिराज्य भरि नै टेलिमेडिसीन् सेवा मा ५ प्रतिशत छुट रहेको छ भने काठमाडौं उपत्यका भित्र निःशुल्क होम कलेक्सनको पनि सुविधा रहेको छ ।
एससीटीको हाल सदस्यहरू ५ ‘क’ वर्गका बैंक, ५ ‘ख’ वर्गका बैंक, ११ ‘ग’ वर्गका बैंक र १०० प्लस सहकारी संस्थाहरू रहेका छन् । ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एण्ड वेलनेस् सेन्टरले ल्याएको यो अफरले माथि उल्लेखित बैंकहरूबाट एससीटी युपिआइ कार्ड लिनुभएका ग्राहकहरूलाई पूर्ण फाइदा लिन दुवै पक्ष्यबाट प्रोत्साहित गरिएको छ । एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकमा गएर सजिलै एससीटी युपिआइ कार्ड लिन सक्नुहुनेछ ।
प्रकाशित समय १७:१४ बजे





















