V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नाडा र श्रम मन्त्रालयबीच तालिम र रोजगारीको सुनिश्चितताका लागि समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा आजदेखि काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ । सो सम्मेलन फागुन २७ गतेसम्म चालू रहनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ सो सम्मेलन आजदेखि प्रारभ्म भएको हो । नाडा सो सम्मेलनको वित्तीय सहयोगी भई सो सम्मेलनको आयोजक मध्येको एक संस्था भएको छ । नाडा आफ्नो इतिहासमा पहिलो पटक यस्तो सम्मेलनमा सहभागी भएको हो ।

 

प्रधानमन्त्रीको समुपस्थितिमा सो मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर समेत सम्पन्न भएको छ । सो समझदारी पत्रमा नाडाका तर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गर्नु भएको छ । यसले रोजगारी र श्रमिकहरुको अभिबृद्धिका लागि सरकार र नेपालको नीजि क्षेत्र समन्वयात्मकरुपमा अघि बढ्ने अपेक्षा गरिएको छ । यसलाई नाडाले सरकारको हरेक कदममा नीजि क्षेत्रलाई समेत सहभागी गराई अघि बढ्ने संकल्पको रुपमा लिएको छ ।

 

उक्त सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले अटोमोवाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरु समेत दिनुभएको छ । अध्यक्ष चौधरीले नेपालमा रोजगारीको स्थिति, विदेशमा बसाइसराइ, विदेशमा बढ्दो बसाइसराइले पारेका प्रभावहरु, नेपाली विद्यार्थीहरुले अन्य मुलुकहरुमा जानका लागि गरिरहेको प्रयास र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरु, नेपालको अटोमोबाइल क्षेत्रले राजश्वमार्फत् देशको अर्थतन्त्रमा दिएको योगदान, अटोमोबाइल क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरु, नीतिगत सिफारिस र तत्कालै गर्नुपर्ने पहलहरुका विषयमा तथ्यांकगत प्रस्तुती दिनु भएको थियो । उक्त सम्मेलनमा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रीय कार्य समिति आमन्त्रीत सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010