एघार बैंकको नाफा बढ्यो, नौ वटाको घट्यो
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकहरुमध्ये ११ वटाको नाफा बढेको छ भने ९ वटाको घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरणलाई अघिल्लो वर्षको सोही अवधिसँग तुलना गरेर हेर्दा सो अवस्था देखिएको हो ।
बीस वटा वाणिज्य बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणअनुसार ६ महिनाको अवधिमा २७ अर्ब ४३ करोड नाफा देखिएको छ । अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको विवरणअनुसार वाणिज्य बैंकहरुको नाफा २८ अर्ब ७६ करोड थियो । यसरी हेर्दा अघिल्लो आर्थिक वर्षको पुस मसान्तभन्दा चालू आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ३३ करोड रुपैयाँ नाफामा कमी आएको हो ।
बैंकले सार्वजनिक गरेको विवरणलाई प्रतिशतको आधार मानेर हेर्दा प्रभु बैंकले सबैभन्दा धेरै ८५.४९ प्रतिशतले नाफा वृद्धि गरेको छ । त्यस्तै सबैभन्दा धेरै मुनाफा गर्ने बैंकमा नबिल एक नम्बरमै रहेको छ । नबिल बैंकले ३ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । त्यसैगरी सबैभन्दा बढी नाफा खुम्चिनेमा एनआइसी एसिया बैंक रहेको छ । जसको ९२.०३ प्रतिशतले नाफा खुम्चिएको छ ।
कुन बैंकको कस्तो स्थिति छ, हेरौं तालिकामा :

प्रकाशित समय १८:०३ बजे




















