1100×100 Nabil Advert

माछापुच्छ्रे क्यापिटलद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना अनुरुप, आफ्नो कार्यालय प्राङ्गण, जे.डि.ए कम्प्लेक्स, बागदरबार, काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम क्यापिटलले नेपाल रेडक्रस सोसाइटी, भृकुटी मण्डपसँगको सहकार्य तथा काठमाडौं महानगरपालिकाको सहयोग–समन्वयमा सम्पन्न गरेको हो ।

कार्यक्रममा जम्मा ५४ जनाले रक्तदान गरेका छन् । रगतको अभाव र विभिन्न आपतकालिन अवस्थामा यसको महत्वलाई ध्यानमा राख्दै रक्तदान जस्तो सामाजिक कार्य गरि समाज प्रतिको दायित्व निर्वाह गर्नका लागी कम्पनीको विशेष दिनमा यस पुनित कार्य आयोजना गरेको हो । आफ्नो स्थापनाको पाँचौं वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदान लगायत, वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरुलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरुमा छुटलगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी,माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय १८:०१ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु