1100×100 Nabil Advert

नेपाल एसबिआई बैंकद्वारा नेपाल-भारत मैत्री संघ कास्कीलाई सहयोग हस्तान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले पोखरा महानगरपालिका–३ नदीपुर, कास्कीस्थित नेपाल–भारत मैत्री पुस्तकालयलाई सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री संघ, कास्कीलाई ३ लाख आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख मिनबहादुर गरुङले संघका अध्यक्ष गोपाल धोजुलाई हस्तान्तरण गरेका थिए ।

 

सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १९:२० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु