1100×100 Nabil Advert

आइएमई पेबाट इन-ड्राइभका चालकहरुको लागि नयाँ योजना

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले सर्वप्रिय राइड सेयरिङ एप इन-ड्राइभका चालकहरुको लागि ‘५ मा १००।- इन–ड्राइभको पुरै कमिशन फिर्ता’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना विशेष रूपमा इन-ड्राइभ चालकहरू र उनीहरु मार्फतका सेवाग्राहीहरुलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाहरूको बारेमा सचेतना जगाउनको लागि सार्वजनिक गरिएको हो ।

मङ्सिर ९ गते देखि फाल्गुन ९ गते सम्म ३ महिनाको लागि चल्ने यस योजनामा आइएमई पे एपबाट इन-ड्राइभ एपमा टप-अप गर्ने चालकहरुले आइएमई पे एपको तोकिएका कारोबार वा भुक्तानीहरु गरेर आफुले इन-ड्राइभलाई तिर्नु पर्ने कमिशन १०० प्रतिशत फिर्ता पाउना सक्नेछन् । साथै तोकिएको कारोबार वा भुक्तानीहरु गरे बापत रु.१०० सम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ । चालकहरुले योजना अन्तर्गतको कमिसन प्राप्त गर्न निम्न ५ वटा कार्य वा भुक्तानी गर्नु पर्ने हुन्छ ।

नयाँ ग्राहकहरुलाई आफ्नो रेफेरल कोड दिएर आइएमई पे एपमा साइन–इन गराउने (रु.७५ सम्म बोनस) । यात्राको भुक्तानी क्यूआर वा वालेट ट्रान्सफर मार्फत आफ्नै आइएमई पे एपमा लिने (रु.१० बोनस, प्रति दिन) । डाटा प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (रु.१० बोनस, प्रति दिन) । भ्वाइस प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (रु.१० बोनस, प्रति दिन) । मोबाईल रिचार्ज आफ्नै आइएमई पे एपबाट गर्ने (रु.१० बोनस, प्रति दिन) ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

प्रकाशित समय १०:२४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु