1100×100 Nabil Advert

नेपाल धितोपत्र बोर्डले अध्यक्ष पाएसँगै ११ महिनादेखि रोकिएका काम तीव्र गतिमा अगाडि बढ्ने अपेक्षा

काठमाडौं । सरकारले ११ महिनादेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई ४ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । काठमाडौं विश्वविद्यालयबाट फाइनान्समा एमबीए गरेका श्रेष्ठसँग स्वाभिमान लघुवित्त वित्तीय संस्था र तत्कालीन नेपाल एक्सप्रेस फाइनान्सको अध्यक्ष भएर काम गरेको अनुभव छ ।

त्यस्तै नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा समेत उनको तीन वर्षको अनुभव छ । यसबाहेक उनी व्यवस्थापन संघ नेपाल (म्यान)को आजीवन सदस्य, रुपन्देही चेम्बर अफ कमर्सका कार्यकारी सदस्य रहिसकेका छन् । तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल अघिल्लो वर्षको पुस २० मा समाप्त भएर खाली भएको बोर्डमा बल्ल नयाँ अध्यक्षमा श्रेष्ठ नियुक्त भएका हुन् ।

सिफारिश समितिबाट सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम अध्यक्षका लागि सिफारिस भएकामा मन्त्रिपरिषद्को बैठकले सन्तोषनारायणलाई अध्यक्ष नियुक्त गरेको हो । अध्यक्षको नियुक्ति भएपछि लामो समयदेखि नेतृत्वविहीन हुँदा रोकिएका कामहरु धमाधम हुने अपेक्षा गरिएको छ ।

दर्जनभन्दा बढी जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् । जसमा ङादी ग्रुप पावर, बलेफी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, दोर्दी खोला जलविद्युत कम्पनी, लिवर्टी इनर्जी, रिभर फल्स पावर, राप्ती हाइड्रो, बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, तेह्रथुम पावर, छ्याङदी हाइड्रोपावर, पिपुल्स पावर, बाराही हाइड्रोपावर र जोशी हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने स्वीकृतिका लागि निवेदन दिएका छन् ।

कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न पाउने व्यवस्था भएपछि कम्पनीहरूले उक्त विकल्प रोजेका हुन् । त्यसैगरी अन्य थुप्रै कम्पनीहरुले प्राथमिक शेयर (आइपीओ) निष्काशनका लागि अनुमति माग्दै निवेदन दिएका छन् । अध्यक्ष नहुँदा रोकिएर रहेका ती सबै काम अबको नेतृत्वबाट हुने अपेक्षा गरिएको छ ।

प्रकाशित समय २१:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु