1100×100 Nabil Advert

नेक्सजेनको साधारणसभाबाट नाम परिवर्तन र नयाँ सञ्चालक मन‍ोनयन

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सको आश्विन १९ गते सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । होटल एलो पगोडामा भएको सभाको अध्यक्षता कम्पनिका अध्यक्ष रमेशकुमार भट्टराईले गरेका थिए । सभाले आ.ब. २०८०/८१ को वित्तीय विवरण पास गर्दै शेयर धनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ। सभामा कम्पनिको नाम परिवर्तन गरि ‘नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स प्रा लि’ राख्ने निर्णय भएको छ। कम्पनिले भविष्यमा नियामक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राईभेट इक्विटी र भेन्चर क्यापिटलको कामसमेत गर्ने योजना बनाएको छ। त्यसैले पूँजी वृद्धि र समान प्रकृतिका कम्पनिहरु मर्जर गर्ने निर्णय गरेको छ।

साथै सोही सभाले आगामी चार वर्षको लागि देवेन्द्रप्रताप शाह, रमेशकुमार भट्टराई, बलराम बिष्ट, अजयकुमार मिश्र र शिवराज (माधव) दवाडि लाई सञ्चालकमा निर्विरोध मनोनयन गरेको छ।सञ्चालकको मनोनयन पछि सभामा नै सञ्चालकहरुले एक मतले अध्यक्षमा देवेन्द्रप्रताप शाहलाई र रमेशकुमार भट्टराईलाई प्रबन्ध संचालकमा मनोनयन गर्ने घोषणा गरेको थियो ।

प्रकाशित समय १६:४३ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु