साताको पहिलो दिन सेयर बजारमा हरियाली, कारोबार रकम ६ अर्बमा सीमित
काठमाडौं । आइतबार सेयर बजार परिसूचक उच्च अंकले बढेको छ । साताको कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार ५६ दशमलव ०९ अंकले बढेको हो । आइतबार सेयर बजार अघिल्लो कारोबार दिनको भन्दा २.१५ प्रतिशतले बढेको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६५३ दशमलव ५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ । २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ७५ अंकले बढेर ४७६ दशमलव ४६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ ।
परिसूचक उच्च अंकले बढेको दिन कारोबार रकम भने ६ अर्बमा समित भएको छ । आइतबारको सेयर बजारमा ३०८ कम्पनीका १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर ६९ हजार ८६० पटक खरिद बिक्री हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको छ आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ ।
प्रकाशित समय १६:०१ बजे



















