1100×100 Nabil Advert

८२ हजारभन्दा बढीले गरे नाडा अटो शोको अवलोकन

काठमाडौं । भृकुटीमण्डपमा भदौ ११ गतेदेखि शुरु भएको नाडा अटो शो ८२ हजारभन्दा बढीले अवलोकन गरेका छन् । टाटा डटइभिद्वारा प्रायोजित नाडा अटो शो २०२४ आजै सम्पन्न भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट शुभारम्भ भएको १६औं संस्करणको नाडा अटो शो २०२४ मा ८२ हजार ४ सय ७० दर्शकहरुले अवलोकन गरे ।

निकै व्यवस्थितरुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी गत वर्षहरुमा भन्दा निकै भवय रुपमा सम्पन्न भएको छ । थुप्रै नयाँ ब्रान्डका विद्युतीय सवारी साधनहरुको सहभागिताका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो विगतमा भन्दा निकै भव्य र बृहत भएको अवलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् । अत्यन्तै सुस्ताइरहेको अटोमोबाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको छ ।

कुन–कुन बने उत्कृष्ठ स्टल ?
प्रदर्शनीमा उत्कृष्ट चारपांग्रे सवारीसाधनको स्टल सि.जि. मोेटर्स प्रालि रीडराले जितेको छ । उत्कृष्ट दुईपांग्रे सवारी साधनतर्फको स्टल ब्रैैद्य इनर्जि प्रालि अथेरले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड एम.ए.डब्लुु प्र्रालि सोकोनले जितेको छ । यसैगरी वेष्ट कम्पोनेण्टको पुरस्कार सत्यदिप इण्टरनेशनल प्रालि भिडोलले जितेको छ ।

नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, जाम र इमानका प्रतिनिधि तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्भिस प्रालिका प्रतिनिधि समेत सदस्य रहनेगरी चार सदस्यीय बेष्ट स्टल छनोट समिति समेत गठन गरेको थियो ।

नाडा अटो शो २०२४ का सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ्क पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेका थिए । यस वर्षको थप आकर्षणमा हिरो जुम स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्थासमेत गरेको थियो । विजेताले आफ्नो टिकटसहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी, निवर्तमान अध्यक्ष डा.धु्रव थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, प्रदेश उपाध्यक्षद्वय पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह-कोषाध्यक्ष पंकज अग्रवालले १३५ कम्पनीहरुलाई क्रमशः मोमेण्टोसमेत वितरण गर्नुभएको थियो । नाडाका अनुसार उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो । त्यसैगरी सो प्रदर्शनीको फायर सेफ्टीको सम्पूर्ण कार्य नाडाकै सदस्य कम्पनी हिटको प्रालिले गरेको थियो र प्रदर्शनीको प्रचारप्रसारको कार्य एभरेष्ट एडले गरेको थियो ।

नाडा अटो शो २०२४ कै सन्दर्भमा नाडाले रक्तदान कार्यक्रम समेतको आयोजना गरेको थियो । नाडा केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरीको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमा रक्तदान गर्न चाहने कूल १२८ जना मध्ये योग्य ठहरिएका ६३ जनाले रक्तदान गर्नु भएको थियो ।

सो समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२४ लाई सफल बनाउन सहयोग पुर्‍याउने सबै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद दिनुभयो । नाडा अटो शो २०२४ सम्पन्न गर्न अध्यक्ष चौधरीकै अध्यक्षतामा ५ सदस्यीय नाडा अटो शो २०२४ व्यवस्थापन समिति गठन गरिएकोे थियो । ६ दिनसम्म चलेको सो प्रदर्शनीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समेत अवलोकन गर्नुभएको थियो । ६ दिनसम्म चलेको सो नाडा अटो २०२४ को अवसरमा जाम र इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले समेत टक शो कार्यक्रमको आयोजना गरेका थिए ।

प्रकाशित समय २१:०४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु