1100×100 Nabil Advert

कुमारी बैंक र डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयर बीच सम्झौता

काठमाडौं । कुमारी बैंक र गोल्फुटार, काठमाडौं स्थित डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल केयर प्रा.लिबीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड अथवा क्यूआर गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकको विश्वास रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदैं आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाईहरु मार्फत् आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय १५:२८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु