पुलमा बाढीले क्षति पुर्याएपछि आवत-जावत गर्न असहज
af9Ln] Iflt k'¥ofPsf] a]lg3f6–cf?3f6 8fOe{;g k'n
uf]/vf, # ;fpg M a]lg3f6–cf?3f6 ;8sv08 cGt{ut kg]{ uf]/vfsf] eLd;]g yfkf ufpFkflnsf–& / ;lxb nvg ufpFkflnsf–( hf]8g] Hofb'nvf]nfl:Yft 8fOe;{g k'ndf af9Ln] k'¥ofPsf] Iflt . tl:j/ M bLks >]i7÷/f;;
गोरखा । गोरखाको बेनिघाट-आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका-७ र सहिद लखन गाउँपालिका-९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्णरूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका-७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट-आरुघाट सडकखण्डमा यातायात पूर्णरूपमा ठप्प भएको छ ।
‘सडक अवरुद्ध हुँदा काठमाडौंबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्’, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न असहज भएको छ ।’
प्रकाशित समय ०९:२२ बजे




















