गरिमा विकास बैंकको डेबिट–क्रेडिट कार्डमा ‘क्यास ब्याक’ योजना सार्वजनिक
काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम २ सय नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत बैंकको डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पिओएस मेसिनमार्फत कारोबार गर्दा अधिकतम २ सय सम्म नगद फिर्ता पाउन सक्नुहुनेछ । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि १ वैशाख २०८१ देखि ३ वैशाख २०८१ सम्म रहेको छ । साथै गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम एवं विभिन्न डिजिटल बैकिङ माध्यमबाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय २१:३६ बजे




















