सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा पाँच प्रतिशत लाभांश पारित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ औं वार्षिक साधारण सभा अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा सम्पन्न भयो । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले साबिकको सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एकापसमा गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को व्यवसायलगायतका अन्य कामकारवाहीहरूको बारेमा शेयरधनीहरूलाई जानकारी गराउनुभयो ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी तथा साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण पारित गर्ने, आ.व. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरूलाई पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावहरू पारित गर्ने निर्णय गरेको छ ।
यसैगरी, कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकमध्ये कम्पनीको नियमावलीको व्यबस्था बमोजिम बैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजिथ रोहण गुणबद्र्धना मनोनित हुनुभएको, बाँकी ३ जना सञ्चालकमा मनोहर दास मुल, लोकमान्य गोल्छा र सिद्धार्थ मणि राजभण्डारी तथा सर्वसाधारण शेयरधनीहरूको समूहबाट अरूण राज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रकाशित समय १७:०४ बजे




















