1100×100 Nabil Advert

गाउँपालिका प्रमुख राईद्वारा आधारभूत अस्पतालको निर्माण

पूर्वसंविधानसभा सदस्य रोकाद्वारा उद्घाटन

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ डाँडागाउँमा पाँच शैय्याको आधारभूत अस्पताल सञ्चालनमा आइएको छ । गाउँपालिकाको आफ्नै लगानीमा विशेषज्ञ चिकित्सकसहित अस्पतालले उपचार सेवा थालेको छ । प्राथमिक स्वास्थ्यचौकी डाँडागाउँको भवनमा स्थापना गरिएको आधारभूत अस्पतालमा अब दिनरात स्वास्थ्य सेवा प्रवाह हुने गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । ‘अस्पताललाई चाँडै १५ शैय्यामा विस्तार गर्ने योजना छ । आधारभूत अस्पतालमा तत्काल एक मेडिकल अधिकृतसहित १४ स्वास्थ्यकर्मी परिचालन गरिएको छ’, उहाँले भन्नुभयो, ‘अस्पतालमा नियुक्त गरिएका स्वास्थ्यकर्मीले दिनरात सेवा प्रवाह गर्नेछन् । अस्पताललाई अन्य सुविधा सम्पन्न अस्पताल सरह सेवा दिनेगरी क्रमशः स्तरोन्नति गर्दै लैजाने योजना छ ।’

आधारभूत अस्पतालमा ल्याब (रगत, खकार, दिशा, पिसाब, मौसमी फ्लुलगायत परीक्षण गर्ने प्रयोगशाला) तथा बर्थिङ सेन्टर (प्रसूतिगृह) समेत स्थापना गरिएको छ । चिकित्सक डा. मन्दिप उप्रेतीको नेतृत्वमा स्थापना गरिएको अस्पतालमा अन्य विभिन्न परीक्षणहरु समेत गर्ने गरी तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको ३० लाख लगानीमा स्थापना गरिएको आधारभूत अस्पतालको संविधानसभा सदस्य हरि रोकाले उद्घाटन गर्नुभयो । उहाँले अस्पतालको सेवा प्रवाहलाई जनमुखी बनाउन आग्रह गर्नुभयो । आफ्नै गाउँमा आधारभूत अस्पताल स्थापना भएपछि स्थानीय बासिन्दालाई उपचार गर्न राहत मिलेको छ । सामान्य रोग परीक्षण एवं उपचारका लागि यसअघि उनीहरु जिल्ला अस्पताल खोटाङ तथा अन्त जिल्लाका अस्पताल जानुपर्ने बाध्यता थियो ।

प्रकाशित समय ११:५८ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु