‘गरिमा फाइव इन वान बचत खाता’ सार्वजनिक
काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा फाइव इन वान बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा फाइव इन वान बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, शेयर ट्रेडिङ खाता, मेरो शेयर र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नुहुनेछ ।
यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम रु.१००० मा खाता खोली पहिलो बर्षाका लागि निःशुल्क सेवा अन्तर्गत मोबाइल बैंकिङ्ग, वेयव बैकिङ्ग, एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र शेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट, सेयर ट्रेडिङ टीएमएस र मेरो शेयर खाता सञ्चालन गर्न पाउनुका साथै लकर फ्यासिलिटीमा ५०५ प्रतिशतसम्म छुटको सुविधा पाउनु हुनेछ । यस सेवा मार्फत् नयाँ तथा पुराना ग्राहक महानुभावहरुले गरिमा विकास बैंकको कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्नु हुनेछ ।
गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भ गरेको हो । बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमवाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
प्रकाशित समय २१:३९ बजे




















