थापाको नेतृत्वमा नेपाल विज्ञापन संघ अगाडि बढ्ने
काठमाडौं । व्यवसायिकरुपमा विज्ञापन एजेन्सीहरुको सञ्चालन गरिरहेका संस्थाहरुको छाता संगठन नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा निर्वाचित भएका छन् । संघको २४औं वार्षिक साधारणसभाबाट सुदिप थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । साधारणसभाले थापाको नेतृत्वमा ११औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा अरुणकाजी स्थापित, रोशन रेग्मी (आरसी), सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल विजयी भएका छन् । निर्वाचित कार्यसमिति सदस्यको कार्यकाल तीन वर्षको हुनेछ ।
प्रकाशित समय १७:२० बजे






















