1100×100 Nabil Advert

सीएनआई र आइसीसीबीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्ने समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र ईण्डियन चम्बर अफ कमर्श (आईसीसी) बीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्ने सम्बन्धि दुईवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो । नेपाल उद्योग परिसंघले काठमाडौंमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र इण्डियन चेम्बर अफ कमर्शका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरेका हुन् । यो साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिबृद्धी गर्न सरोकारवालाहरुलाई प्लाटफर्म प्रदान गर्ने छ । साथै दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुनेछ ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीको अवसरहरु रहेको बताउँदै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई आग्रह गरे । उनले नेपालको स्वास्थ्य सेवा क्षेत्र भित्रको अपार सम्भावना, शिक्षा र चियालगायतका क्षेत्रमा भएको लगानीको अवसरहरूबारे जानकारी गराए ।

इण्डियन चेम्बर अफ कमर्शका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्व दिदै दुवै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए । पारस्परिक समृद्धि र दीगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्व रहेको उनले बताए ।

परिसंघका उपाध्यक्ष निर्माण चौधरीले क्षेत्रीय व्यवसायिक विकासमा युएसीको महत्वबारे प्रकाश पारे । साथै उनले युएसीले एशीयन राष्ट्रहरु बिचमा आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । परिसंघका उपाध्यक्ष अमित मोरले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई सुदृढ गर्ने र क्षेत्रीय सहयोगलाई प्रवर्धन गर्न यो सहकार्य सहयोगी हुने बताए ।

प्रकाशित समय १७:०१ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु