आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाडौंमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई ‘एक्सिलेन्स इन फिनटेक पार्टनरसिप’ अवार्डबाट सम्मानित गरेको हो ।
यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तिय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र भिजाबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्दछ ।
आइएमई पे ले हाल भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ र आगामी दिनमा पनि भिजासँगको सहकार्यमा विभिन्न नवप्रवर्तनात्मक सेवाहरु लिएर आउने जानकारी आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी गराउनुभयो ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछर्याैट विनियमावली-२०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
प्रकाशित समय २०:१८ बजे






















