1100×100 Nabil Advert

२० प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको मुनाफा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंक लिमिटेडको मुनाफा २०.१८ प्रतिशतले बढेको छ । माछापुच्छ्रे बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २०.१८ प्रतिशत बढेर ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने ३.९५ प्रतिशत घटेर १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४७ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेर ३० करोड २५ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेर १ अर्ब ८० करोड २२ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेर ७८ करोड ३५ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ९७ करोड ७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको निक्षेप संकलन ३.४५ प्रतिशत घटेर १ खर्ब ४८ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ३.४४ प्रतिशत बढेर १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित समय १७:०८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु