भारतीय नम्बर प्लेटको गाडीमा पेस्तोल लिएर हिँडेका युवक को हुन् ?
विराटनगर । मोरङको धनपालथान गाउँपालिकाबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोलसहित उनलाई शुक्रबार राति पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार धनपालथान गाउँपालिका २ मा रोकिराखेको स्कारपियो गाडीभित्र कपडाले बेरेको अवस्थामा गोलीसहित पेस्तोल फेला परेको थियो ।
पक्राउ पर्ने सर्लाहीको हरिपूर्वा गाउँपालिका–७ का २७ वर्षीय रविन्द्रकुमार यादव छन् । बीआर ०६ पिए १३६३ नम्बर भारतीय स्कारपियो गाडी र पेस्तोलसहित यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १४:३० बजे



















